भोजपुर नपा-३ की २३ वर्षीया सुनिता सुवेदीले २६ वर्षीय पति लिलाबहादुर सुवेदीले बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा भदौ १८ गते उजुरी दिएकी छन् ।
पीडित महिलाका अनुसार लिलाबहादुरले भोजपुरकी २४ वर्षीया सीमा राईसँग भदौ ९ गते बहुविवाह गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर राधाप्रसाद पराजुलीले आरोपित दुवै जनाको खोजीकार्य गरेर कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् ।