६० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लि गाउँपालिका–५ रूपाटारका २१ वर्षीय अभिनाश परियारलाई जिल्ला अदालतले जेठ २३ गते ५ वर्ष कैदको फैसला सुनाएको छ ।
न्यायाधीश तिर्थराज केसीको इजलासले बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । पीडित महिलालाई आरोपितले ०७४ माघ २४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पंक्षले माघ २५ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।
उजुरी लगत्तै माघ २५ गते नै गिरफ्तार परेका परियारलाई अदालतले फागुन २१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २५ गते कटारी अस्पतालमा गरिएको थियो ।