१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली गाउँपालिका–१ का २९ वर्षीय झटारे देवेश भनिने देवराज राईलाई जिल्ला अदालतले जेठ २२ गते २ वर्ष ६ महिना कैद हुने सजाय सुनाएको छ ।
न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले मुलुकी ऐन जबरजस्ती करणी महलको ५ नम्बर बमोजिम कसुर गरेको ठह गर्दे सोही महलको ३(५) ले हुने सजाय पाँच वर्ष कैदको आधा २ वर्ष ६ महिना कैद हुने सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।
पीडित युवतीलाई आरोपितले ०७४ फागुन २९ गते बलात्कार प्रयास गरेको भन्दै फगुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । राईलाई प्रहरीले फागुन ३० गते नै गिरफ्तार गरेको थियो ।