१९ वर्षीया सुस्त मनस्थितीकी एक महिलालाई बलात्कार गरेको आरोपमा कृष्णासवरन गाउँपालिका–२ सितापुरका २६ वर्षीय जयनारायण पौडेललाई जिल्ला अदालतले जेठ २३ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले थुनामा रहेका आरोपितलाई पाँच वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ । आरोपित ०७४ जेठ ३१ गतेदेखि पुपक्र्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
पीडित महिलालाई आरोपितले ०७४ जेठ ७ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय, कञ्चनरूपमा जेठ ७ गते उजुरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय, कञ्चनरूपले जेठ ७ गते आरोपितलाई गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७४ जेठ ७ गते गरिएको थियो ।