INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसुरमा ५ वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले जेठ १७ गते पाँच वर्षको कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासले कसुर ठहर गरी पाँच वर्ष कैद र ३५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार गोपाल खनालले बताए ।

पीडित बालिकालाई आरोपितले ०७४ कात्तिक १० गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो ।

आरोपितलाई प्रहरीले सोही दिन धनकुटाको सिधुवाबाट गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १० गते जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो