१४ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा प्रहरीले गोरखा नगरपालिका-१० छेवेटारमा ३९ वर्षीय शिक्षक विनोद पाण्डेलाई जेठ २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा पीडित पक्षले मौखिक उजुरी दिएको थियो ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३ गते जिल्ला अस्पतालमा गरिएको छ ।