बहुविवाह गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-७ पकडीका २५ वर्षीय जयकुमार मल्लाहलाई वैशाख २९ गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ ।
आरोपित मल्लाहले पत्नी हुँदाहुँदै भारतको नौतुनहवा मिश्रबलिया ग्रामकी १७ वर्षीया बालिकालाई वैशाख २३ गते भगाएर फरार रहेको र वैशाख २८ गते साँझ गाउँमा आएको भनी आरोपितकी पत्नी २२ वर्षीय पुनमकुमारी मल्लाहले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बहुविवाहसम्बन्धी उजुरी दिएकी थिइन् ।
पीडित महिलाको उजुरीका आधारमा प्रहरीले आरोपितद्वयलाई वैशाख २९ गते आरोपितको घरबाटै गिरफ्तार गरी बहुविवाहसम्बन्धी कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।