बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख २४ गते हिलिहाङ गाउँपालिका-१ का ५६ वर्षीय दिलबीर तामाङ र इलाम जिल्ला देउमाई नपा-१ की ५२ वर्षीया झुमा बस्नेतलाई गिरफ्तार गरेको छ ।
४४ वर्षीया फूलमाया तामाङले वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा पतिविरूद्ध बहुविवाह गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।
पीडितका अनुसार आरोपितद्वयले वैशाख ८ गते विवाह गरेकाले कानुनी कारबाहीका लागि उजुरी दिइएको हो । पीडितको उजुरी वैशाख २० गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए ।