पलाता गाउँपालिका-१ की २३ वर्षीया हिरा भण्डारीका पति ३३ वर्षीय जने भण्डारीलाई प्रहरीले बहुविवाह गरेको आरोपमा वैशाख १५ गते गिरफ्तार गरेको छ ।
०७४ चैत ८ गते बहुविवाह गरेको भन्दै आरोपितविरूद्ध चैत ९ गते पीडित पत्नीले जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी थिइन् ।
पतिले सोही ठाउँकी १८ वर्षीया छाया न्यौपानेलाई चैत ८ गते भगाएर फरार अवस्थामा रहेका थिए । पीडितले उजुरी दिएपछि फरार रहेका आरोपितलाई जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले जिल्ला सदरमुकाबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।