INSEC Online

📅 २०८३ जेष्ठ २१

११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्सेकलाई सम्मान

Photo 20250310 Siraha (2)

११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ०८१ फागुन २४ गते सिरहा नगरपालिकाले इन्सेकलाई सम्मान स्वरुप सम्मान पत्र प्रदान गरेको छ ।

सिरहा नगरपालिकामा युवा, बालबालिका तथा महिलाहरूको न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै सिरहा नगरपालिकाका प्रमुख डाक्टर नविनकुमार यादवले इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारलाई सम्मान पत्र साथै दोसल्ला ओढाएर सम्मन गर्नु भयो ।

Photo 20250310 Siraha (1)

इन्सेकले सिरहा जिल्लामा मानव अधिकार तथा बालबालिका, महिला सशक्तिकरणको क्षेत्रमा लामो समय देखि महत्वपूर्ण काम गर्दै आएकोले श्रमिक महिला दिवसको अवसरमा इन्सेकलाई सम्मान गरेको नगर प्रमुख डाक्टर नविन कुमार यादवले बताउनु भयो ।

“संंरचनात्मक विभेद विरुद्ध प्रतिकार : श्रमिक महिलाहरूको पहिचान, मान्यता र सुरक्षा सुनिश्चितताको अधिकार” भन्ने मूल नाराका साथ सिरहा नगरपालिकामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ०८१ फागुन २४ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

सिरहा नगरपालिकाको आयोजना इन्सेक, मुक्ति नेपाल, सिएमसी, महिला मानव अधिकार रक्षक सञ्जाल, समग्र जन उत्थान केन्द्र, दलित जनकल्याण युवा क्लव, प्रदेश युवा सञ्जाल लगायत संघ संस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

अन्य

भिडियो