अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८३ असार १७ गते इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको अध्यक्षतामा मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न भएको छ ।
बैठकमा पीडितका निवेदन, लैङ्गिक हिंसा निवारण कोषको प्रभावकारिता विषयका प्रस्तावमाथि छलफल गरिएको थियो । मानव अधिकार सहायता कक्षमा प्राप्त तीन ओटा निवेदन मध्ये भेरीगंगा नगरपालिकाकी यौनहिंसा पीडित बालिकालाई शिक्षा प्राप्तिका लागि ललितपुरको एक गैरसरकारी संस्थामा इन्सेकले सिफारिस गर्ने र उनको यातायात खर्चका लागि इन्सेकले ६ हजार ५ सय रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । अन्य दुई ओटा निवेदनको हकमा सम्बन्धित निकायमा आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ ।

त्यस्तै स्थानीय तहमा रहेको लैङ्गिक हिंसा निवारण कोषलाई प्रभावकारी र पीडितको पहुँच बढाउन असारभित्र सरोकारवाला निकायहरुसँग छलफल गर्ने निर्णय गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।
बैठकमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, उच्च बार एसोसिएसन सुर्खेत, फेडो, आवाज, ओसिएमसीका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।