INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको अवस्था बारे छलफल कार्यक्रम समपन्न

pic 2 (1) (1)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम ०८१ चैत १८ गते सम्पन्न भएको छ ।

डिसिएको आर्थिक सहयोग, इन्सेक आयोजना र मुक्ति नेपाल, दलित जनकल्याण युवा क्ल्व र समग्र जनउत्थान केन्द्र लहानलगायतका संस्थाहरू संयोजनमा उक्त कार्यक्रम समपन्न भएको हो ।

कार्यक्रममा इन्सेक मधेश प्रदेश कार्यालयका संयोजक राजु पासवानले इन्सेकले मानव अधिकार उलङ्घनका घटनाहरूको अनुगमन, अभिलेखिकरण र प्रकाशन गर्ने गरेको उल्लेख गर्नु हुँदै सिरहा जिल्लामा दलित समुदायका मानिसहरू बलात्कार, हत्या र छुवाछुत जिस्ता मानव अधिकार उल्लङ्घनका घटनाहरूको सिकार भए तापनि राज्य गम्भीर नभएको बताउनु भयो ।

पासवानले स्थानीय सरकार तथा सरोकारवाला निकायहरू गम्भीर नभएको र हामी अधिकारकर्मीहरूले यस्ता सवालहरू उठाउँदा जोखिममा पर्ने गरेकोले एकजुट भएर घटनाहरूको अनुगमन गर्ने, उठान गर्ने र न्यायीक प्रकृयाको लागि सरोकारवाला निकायहरूसँग निरन्तर सहकार्य गर्नु पर्नेमा जोड दिँदै यसका लागि इन्सेकले निरन्तर सहयोग र सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महराले सशस्त्र द्वन्द्वमा मानव अधिकार सञ्जाल गठन गरेको, र पीडितको न्यायका लागि सक्रिय भएर सञ्जालले काम गरेको बताउनु भयो । प्रहरीले मानव अधिकारकर्मीहरूलाई हेर्ने नजरीया पहिले भन्दा सुधार भएको अध्यक्ष देव कुमारी महराको कथन थियो । उहाँले भन्नु भयो कानुन प्रयाप्त भए तापनि कार्यान्वयनको पक्ष फितलो रहेको कारण गरीब, दलित तथा सिमान्तकृतहरूले न्याय पाउन सकस भोग्नु परेको छ ।

दलित जनकल्यण युवा क्लवका कार्यकारी निर्देशक विनोद विसुन्केले गम्भीर प्रकृतिका अपराधका घटना मेलमिलाप गराउने कार्य गलत भएको बताउनु भयो । मानव अधिकार हामी सबैको सवाल हुनु पर्नेमा सरोकारवाला गम्भीर नभइ जातीय, धार्मिक र राजनीतिक विभेद गरेकोले मानव अधिकारको मुद्दा ओझेलमा परेको बताउनु भयो । धार्मिक अन्धविश्वासले पनि दलितमाथिको विभेद ल्याएको हुँदा त्यस्ता अन्धविश्वाको अन्त्य गर्न सबैजना मिलेर लाग्नु लाग्नुपर्नेमा विसुन्केले जोड दिनु भयो ।

इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारले जिल्ला र प्रदेशका सरोरकारवाला निकाय, जातीय माइन्जनहरूलाई राखेर सचेतनामूलक अन्तरकृया कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।

गैर सरकारी संस्था महासंघ जिल्ला अध्यक्ष गोविन्द राज बिष्टले सरकार गम्भीर नहुँदा समाजमा अन्याय र अत्याचारका घटना बढेको र उनीहरूको हक अधिकारका लागि बोल्ने न्यून रहेको बताउनु भयो । बिष्टका अनुसार मानव अधिकारको अभियानमा लागेका अधिकारकर्मीहरूले सूचनाको हक प्रयोग गर्न जान्नुपर्ने जसले पीडितको न्यायको क्षेत्रमा कार्य सम्पादन गर्न सहयोग पुग्नेमा जोड दिनु भयो ।

त्यसैगरी समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले जिल्लामा हुने मानव अधिकार अभियानलाई समन्वय गरेर लैजानुपर्ने र मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन गरी त्यस्तो घटना हुन नदिने कार्यमा लाग्नुपर्ने बताउनु भयो । घटना बाहिर आउनु भनेको मानव अधिकारकर्मीको प्रभावकारिता रहेको महतोले उल्लेख गर्नु भयो ।

लैङ्गिक हिंसा, जातीय विभेद लगायत समाजमा व्याप्त मानव अधिकार उल्लङ्घनका घटनाहरु न्यूनिकरण गर्न सामूहीक प्रयास र अभ्यास, भूमिका, साझेदारीका साथ हस्तक्षेपकारी भूमिका निर्वाहमा लाग्नुपर्छ र सरोकारवाला निकाय उदासिन रहेको अवस्थामा उनीहरूलाई जवाफदेही बनाउन हामी एकढिक्का भएर लग्नुपर्ने आजको आवश्यकता रहेको महतोले बताउनु भयो ।

दलित अधिकारकर्मी शिवकुमार महराले मानवीयताको हिसावले काम गर्न सके कुनै किसिमको विभेद नहुने र राजनीतिक पार्टी र जातबाट माथि उठेर मानव अधिकारकर्मीले कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।

pic 2 (5)

pic 2 (4) pic 2 (2) (1)

अन्य

भिडियो