INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकाका लागि आयोजित क्षमता अभिवृद्धि तालिम समपन्न

इन्सेक पुर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा सञ्चालन गरिएको क्षमता अभिवृद्धि तालिम माघ २८ गते सम्पन्न भएको छ ।

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल परियोजना अन्तर्गत बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम माघ २६ गते देखि सिरहामा सुरू भएको थियो ।

photo20170210siraha

तालिममा बाल अधिकार, बाल अधिकारको वर्तमान अवस्था, विकासक्रम, बालमैत्री विद्यालय र दण्डरहीत शिक्षा, बालश्रम, बालभिते पत्रिका, बाल अधिकार प्रवर्धनमा स्थानीय निकायको भूमिका, बाल अधिकार चेतना समूहको काम, कर्तव्य, अधिकारलगायतका विषयमा छलफल गरीएको थियो ।

तालिममा सिरहा, सुनसरी र उदयपुरको १२ वटा विद्यालयमा गठित बाल अधिकार चेतना समूहका ३८ जनाको सहभागिता रहेको थियो ।

दुर्गा परियार

अन्य

भिडियो