INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा बलात्कार घटनाकी पीडित ३२ वर्षीया महिलालाई ०८१ फागुन २४ गते आर्थिक सहयोग प्रदान गरिएको छ ।

पीडितलाई आर्थिक सहयोग इन्सेक मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत १० हजार रुपियाँ इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारले हस्तान्तरण गर्नु भयो । पीडितले न्यायका लागि पहल र आर्थिक सहयोग गरिदिनुहुन भनि दिएकाे निवेदनको आधारमा पीडितलाई सहयोग गरेको परियारले बताउनु भयो ।

पीडित महिलालाई उनका ५७ वर्षीय ससुराले ०८१ माघ १७ गते बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय लहानमा ०८१ माघ २० गते उजुरी दिनु भएको थियो ।

पति रोजगारीको शिलशिलामा विदेशमा रहेको र घरमा आफू एक्लै भएको मौका छोपी आरोपित ससुराले बिगत एक वर्ष देखि बलात्कार गर्दै आएको र अन्तिम पटक माघ १७ गते बलात्कार गरे पछि प्रतिकार गर्दा ससुराले कुटपिट गरेको पीडित महिलाको आरोप रहेकाे छ ।

पीडितको स्वास्थ्य परीक्षण माघ १९ गते प्रादेशिक अस्पताल लहानमा भयो ।

घटना पश्चात आरोपित फरार रहेकोले खोज तलास भैरहेको इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर शिव कट्टेलले जानकारी दिनु भयो ।

अन्य

भिडियो