INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवाला पक्षबिच समीक्षा गरिएको छ ।

इन्सेक झापाले ०८२ असार २२ गते विर्तामोडमा आयोजना गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा’ कार्यक्रममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको हो ।

समीक्षा कार्यक्रममा इन्सेक झापा प्रतिनिधि नरेश खातीले जिल्लामा सन् २०२५ को जनवरीदेखि जुनसम्म अभिलेखीकरण गरेका मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटनाहरु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

जिल्लामा सन् २०२५ को पहिलो ६ महिनामा इन्सेक जिल्ला प्रतिनिधिले संकलन गरेको सन् २०२५ को जनवरीदेखि जुनसम्मको मानव अधिकार उल्लघंनका घटनाहरुको आधारमा समीक्षा गरिएको थियो । जसमा ३४ ओटा घटनामा ३४ जना पीडित भएका छन् ।

सन् २०२५ जनवरी १ देखी जुनसम्मको अवधिमा इन्सेकले अभिलेखीकरण गरेका ३४ ओटा मानव अधिकारजन्य घटनामा ३४ जना पीडित भएका हुन् । जसमा हत्या एक, बलात्कार १८, बलात्कार प्रयास दुई, यौन दुर्व्यवहारका पाँच, कारागारमा मृत्यु एक,बहुविवाहका पाँच र कुटपिटका  दुई ओटा घटना छन् ।

समीक्षा कार्यक्रममा प्रमुख अथिति झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले इन्सेकले मानवअधिकार वर्ष पुस्तक तयार गर्नु मात्रै पनि महत्वपूर्ण उपलब्धी भएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले मानव अधिकार वर्ष पुस्तक प्रकाशनले राज्यका निकायहरु सचेत हुने भन्दै इन्सेकलाई धन्यवाद दिनु भयो । झापामा मानवअधिकारका विषयमा तीन/तीन महिनामा समीक्षा गर्न तयार रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी राजन लिम्बुले प्रहरीमा पनि मानव अधिकार सेल रहेको मानव अधिकार सम्बन्धी नियमित प्रशिक्षण हुने गरेको बताउनु भयो । प्रहरी हिरासतमा कुटपिट हुनु हुदैन । भए नभएको प्रहरीले कडा निगरानी गर्ने बताउनु भयो ।

ससस्त्र प्रहरी बल गण नं २ झापाका एसपी तुलबहादुर भण्डारीले ससस्त्र प्रहरी बल सधैव मानव अधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनु भयो।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले मानव अधिकार सम्बन्धी समीक्षा प्रत्येक तीन-तीन महिनामा गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले जिल्लामा मानव अधिकार अवस्थाका बारेमा समयमा समयमा समीक्षा इन्सेकले मात्र गर्ने भएकाले इन्सेकको कार्य प्रशंसनीय रहेको बताउनु भयो ।

मानव अधिकार संजाल अध्यक्ष तथा कार्यक्रममा अध्यक्ष डाक्टर रुपक खनालले इन्सेकले समग्रमा झापा जिल्लामा मानव अधिकारको अवस्था कस्तो छ भन्ने सन्दर्भमा राज्यलाई ध्यानआकर्षण गर्न समीक्षा महत्वपूर्ण रहेका बताउनु भयो ।

कार्यक्रममा सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पण्डवलाल चौधरी,प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार,गोर्खा फाउण्डेसन झापाका अध्यक्ष वीरु दर्नाल,एबीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल,मानव अधिकार संजाल झापाका सदस्य यज्ञराज कडरिया लगायतले जिज्ञासा राखेका थिए ।

Photo 20250607 Jhapa (4)

Photo 20250607 Jhapa (1)

  Photo 20250607 Jhapa (3)

Photo 20250607 Jhapa (2)

अन्य

भिडियो