INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग

चन्द्रपुर नगरपालिका-८ डुमरियाकी ३० वर्षीया निर्मला कुमारीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश अन्तर्गत मानव अधिकार सहायता कक्षले जेठ २३ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

निर्मला कुमारी घरेलु हिंसा घटनाकी पीडित हुन् । साने तिनो घरायसी विवादमा पनि ३५ वर्षीय पति दिपक चौधरीले गालिगलौज गर्नुका साथै कुटपिट गरेको पीडित महिलाले बताइन् । आर्थिक अवस्था कम्जोर भएकोले न्यायिक प्रकृयामा समेत जान नसकेको पीडितले बताइन् ।

कुटपिटबाट घाइते भएकी पीडितको उपचार गौरस्थित प्रादेशिक अस्पतालमा भएको थियो । सोही क्रममा ओसिएमसीले पीडित महिलालाई इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपाने मार्फत इन्सेक मधेस प्रदेशमा कार्यालय जनकपुरधाममा निवेदन दिन सुझाव दिनु भयो । उक्त सल्लाहका आधारमा पीडित महिलाले आर्थिक सहयोग र न्यायीक प्रकृयामा जान सहजिकरण गरिदिनुहुन जेठ ७ गते इन्सेक मधेस प्रदेश कार्यालयमा निवेदन दिइन् । साथै सोही दिन पीडितले आरोपित पतिविरुद्ध रौतहट जिल्ला अदालतमा अंश सहित सम्बन्ध बिच्छेद गरिपाउँ भनि मुद्दा दर्ता गराएको श्रेष्तेदार उद्धब ढोढारीले बताए ।

इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले पीडितको आर्थिक अवस्था कमजोर भएको र न्यायीक प्रकृयामा जान सहज हुने उद्देश्यले पीडितलाई १० हजार रुपियाँ अर्थिक सहयोग प्रदान गरेको बताउनु भयो ।

पीडितलाई अर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ बराबरको चेक इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेले हस्तान्तरण गर्नु भयो ।

अन्य

भिडियो