INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग

२३ वर्षीया हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । उहाँको घर न्यायालयदेखि धेरै टाढा भएको र आउन जान, खाजाका लागि खर्च होस् भन्ने उद्देश्यले इन्सेकले सहयोग गरेको हो ।

पीडित महिलाले सहयोगको अपेक्षा गर्दै इन्सेक जिल्ला प्रतिनिधिको कार्यालय जुम्लामा असार २० गते निवेदन दिनु भएको थियो । सोही निवेदनको आधारमा असार २५ गते मानव अधिकार सहायता कक्ष कर्णाली प्रदेश सचिवालयको बैठक बसी पीडित महिलालाई कानुनी प्रक्रिया जान सहज होस् भन्ने उद्देश्यले १० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको थियो । उक्त सहयोग रकम असार २७ गते पीडितलाई हस्तान्तरण गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भयो ।

सान्नी त्रिवेण गाउँपालिका– २ कालिकोटका २४ वर्षीय अशोक बुढाविरुद्ध बलात्कारको आरोपमा पीडितले असार २० गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिनु भएको थियो ।

यस्तै इन्सेकले हालसम्म जुम्लाका विभिन्न नौ जना हिंसा पीडितलाई कानुनी प्रक्रियामा जान सहजता होस भन्ने उद्देश्यले ६८ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । घटना, आवश्यकता र पीडितको न्यायालयसम्मको दुरीका आधारमा इन्सेकले प्रति पीडित ५ हजारदेखि १० हजार रुपियाँ आर्थिक सहयोग गर्ने गरेको छ ।

अन्य

भिडियो