इन्सेक प्रदेश १, कार्यालय विराटनगरको आयोजना तथा नगरपालिकास्तरीय मानवअधिकार समूह अर्जुनधाराको समन्वयमा आवासको अधिकारका सवाल सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम माघ २७ गते सम्पन्न गरिएको छ ।
अन्तरक्रियामा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले भूमि सम्बन्धी नीति बनाए पनि कार्यान्वयन गर्न नसकिएको बताउनु भयो । उहाँले आवास अधिकारका सवाललाई सम्बोधन गर्नका लागि भूमि सम्बन्धी नीति बनाए पनि कतिपय अवस्थामा नीति कार्यान्वयनमा सङ्घीय सरकारको निर्णय आवश्यक भएकाले तत्काल भूमि सम्बन्धी नीति कार्यान्वयनमा समस्या भएको बताउनु भयो ।
अन्तरक्रियामा समूहका अध्यक्ष चन्द्र सुवेदीले स्वास्थ्य अधिकारसहित आवास अधिकारका सवालमा समस्या र सुझावसहितको जानकारी नगर प्रमुख समक्ष राख्नु भएको थियो ।
नगर प्रमुख हरिकुमार रानाले कार्यपत्रमा उल्लेख भएका समस्याहरूलाई समाधान गर्न सक्ने जति नगरपालिकाले गर्ने र नसकेका माथिल्लो निकायमा पहल गर्ने प्रतिबद्धता बताउनु भयो
मानव अधिकार समूह अर्जुनधाराले प्रत्येक वर्ष ऐलानी जमिनको राजश्व बुझाए पनि बैङ्कमा कारोबार गर्न नसकिएको, जनता आवास कार्यक्रम वास्तविक विपन्नसम्म नपुगेको, खेतीयोग्य जमिन प्लटिङ गरिएको, मानवीय बस्ती नजिक विभिन्न उद्योग खालिएकोले मानव स्वास्थ्यमा खराबी गरेको जस्ता समाधानका लागि नगरपालिकासमक्ष आग्रह गरेको छ ।


