ड्युटीमा खटिएका प्रहरीलाई ‘जेनजी हुँ’ भन्दै अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले जाजरकोट जिल्ला जुनिचाँदे गाउँपालिका–३ का २४ वर्षीय लोकेन्द्र नाथ योगीलाई ०८२ असोज १९ गते गिरफ्तार गरेको छ ।
असोज १९ गते दिउँसो मादक पदार्थ सेवन गरी अस्थायी प्रहरी पोस्ट सुयाडा अगाडिको सडकमा पल्टिरहेका आरोपितलाई ड्युटीमा खटिएका प्रहरी जवानले सडकबाट हटाउन र सोधपुछ गर्दा आरोपितले आफू जेनजी भएको भन्दै गालीगलौजसँगै हातपात गर्न खोज्दा प्रहरीले गिरफ्तार गरी अभद्र व्यवहार गरेको मुद्दामा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर हरि राम डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आरोपितलाई थप अनुसन्धानका लागि असोज २१ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट ६ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
कर्णाली प्रदेश कार्यालय