INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचविखन गरेको कसुरमा एक वर्ष चार महिना कैद सजाय

१६ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाई भारत लैजादै गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले १७ वर्षीय बालकलाई एक वर्ष चार महिना कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक बस्नेतको ०८३ वैशाख ९ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई एक वर्ष चार महिना कैद सजायको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपित गत भदौं २३ र २४ गतेको नवयुवा पस्ताले गरेको आन्दोलनमा भक्तपुर कारागारबाट फरार रहेकोले लगत उपर असुल गर्नु भनी आदेश गरेको छ ।

आरोपितले पीडितलाई ०८२ असार १४ गते विभिन्न प्रलोभन देखाएर भारत लैजादै गर्दा प्रहरीले उद्दार गरेको भन्दै पीडित पक्षले ०८२ असार १६ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा मानव बेचविखन तथा ओसार पसार सम्बन्धी कसुरमा उजुरी दिनुभएको थियो । प्रहरीले आरोपितलाई ०८२ असार १६ गते कालीदहबाटै गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०८२ असार १६ गते भिम अस्पताल भैरहवामा गरिएको थियो ।

रीमा बि.सी.

अन्य

भिडियो