जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, इटहरीमा आगजनी, तोडफोड र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ ।
प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड घटनामा संलग्नमध्ये पहिचान भएका पाँच जनालाई प्रहरीले ०८२ मंसिर ९ गते गिरफ्तार गरेको हो ।
इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर जिल्ला याङपाङ घर भइ इटहरी उपमहानगरपालिका–४ बस्दै आएका ४७ वर्षीय मदन खत्री, इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय सोनम कार्की, इटहरी उपमहानगरपालिका–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की र इटहरी उपमहानगरपालिका–८ का २४ वर्षीय आभाष कार्कीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
इलाका प्रहरी कार्यालय, इटहरीका डिएसपी सुवास हमालले फोटो, भिडियोको आधारमा आरोपित पाँच जनालाई गिरफ्तार गरेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्रबहादुर खड्काले गिरफ्तारीमा परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाउन अदालतबाट मंसिर ११ गते अदालतमा मुद्दा दर्ता गरेर कारबाही अघि बढाएको बताउनु भयो ।
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय र इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरिएको थियो ।