गत असोज १२ गते राती गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई गिरफ्तार गरेको छ । आगजनीपछि फरार भएको सूचनाका आधारमा प्रहरीले रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–७ राष्ट्र बैंक चोक बस्ने २२ वर्षीय संयोग थापालाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा उनले नेपाल राष्ट्र बैङ्कको पर्खाल छेउमा रहेको एनआइएमबी बैङ्कको ‘एटिएम मेसिन’को ‘स्क्रिन’मा ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।
रासस