INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको कसुरमा ४५ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा थाहा नगरपालिका निवासी ३४ वर्षीय पुरुषलाई जिल्ला अदालत मकवानपुरले ४५ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

न्यायाधीश गीता श्रेष्ठको ०८२ असार १८ गतेको इजलासले हाडानाता पर्नेलाई बलात्कार गरेको कसुरमा २५ वर्ष र बालिकालाई जबरजस्ती करणी गरेकोतर्फ २० वर्ष कैद गरी जम्मा ४५ वर्ष कैद गर्ने र ७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकले बताउनु भयो ।

पीडित बालिकालाई ०८१ भदौ २८ गते घरमै बलात्कार गरेको भन्दै पीडित पक्षले  इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिएका थिए । कसुरदारलाई उजुरीको आधारमा प्रहरीले गिरफ्तार गरी अदालत पेस गरेकोमा अदालतले बलात्कारको घटनामा संलग्न भएको भन्दै पुर्पक्षका लागि भिमफेदी जेलमा पठाएको थियो ।

अन्य

भिडियो