१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा थाहा नगरपालिका निवासी ३४ वर्षीय पुरुषलाई जिल्ला अदालत मकवानपुरले ४५ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
न्यायाधीश गीता श्रेष्ठको ०८२ असार १८ गतेको इजलासले हाडानाता पर्नेलाई बलात्कार गरेको कसुरमा २५ वर्ष र बालिकालाई जबरजस्ती करणी गरेकोतर्फ २० वर्ष कैद गरी जम्मा ४५ वर्ष कैद गर्ने र ७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकले बताउनु भयो ।
पीडित बालिकालाई ०८१ भदौ २८ गते घरमै बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिएका थिए । कसुरदारलाई उजुरीको आधारमा प्रहरीले गिरफ्तार गरी अदालत पेस गरेकोमा अदालतले बलात्कारको घटनामा संलग्न भएको भन्दै पुर्पक्षका लागि भिमफेदी जेलमा पठाएको थियो ।