INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

 

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नपा –११ का २१ वर्षीय कल्लु तेली भन्ने देवेदिन तेलीलाई तीन महिना कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको जेठ २५ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै तीन महिना कैद सजाय, १० हजार रुपियाँ जरिबाना र ४० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले  जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०८१ फागुन २२  गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन २५ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २४ गते भिम अस्पताल भैरहवामा गरिएको थियो । प्रहरीले आरोपितलाई फागुन २४ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो