१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नपा –११ का २१ वर्षीय कल्लु तेली भन्ने देवेदिन तेलीलाई तीन महिना कैद सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको जेठ २५ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै तीन महिना कैद सजाय, १० हजार रुपियाँ जरिबाना र ४० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८१ फागुन २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन २५ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २४ गते भिम अस्पताल भैरहवामा गरिएको थियो । प्रहरीले आरोपितलाई फागुन २४ गते गिरफ्तार गरेको थियो ।