INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा(युपीआर) सम्बन्धी कार्यशाला सुरु

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा(युपीआर) चौथो चरणका लागि गैरसकारी संस्थाले तयार पारेको प्रतिवेदनमाथि सरोकारवालाबिच धुलिखेलमा ०८२ जेठ ७ गते छलफल कार्यक्रम आयोजना गरिएको छ ।

इन्सेक र युपीआर इन्फोले आयोजना गरेको कार्यक्रममा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले कार्यशालाको उद्देश्य र मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाको प्रक्रिया सम्बन्धमा प्रकाश पार्नु भएको थियो । उहाँले युपीआरको प्रक्रियामा नागरिक सङ्घ संस्थाहरूले उठाउने सुझाव तथा प्रतिकृयाहरूले युपीआरको सुझावमा महत्वपूर्ण भूमिका राख्ने बताउनु भयो ।

Photo 2025-05-18 Kavre

युपीआर इन्फोकी कार्यक्रम संयोजक क्लेएर मोरेट्टोले नेपालका नागरिक समाजले विश्वव्यापी अवधिक समीक्षामा पठाउने प्रतिवेदनका लागि गरेको सहकार्य सराहनीय रहेको बताउनु भयो ।

Photo 2025-05-17 Dhulikhel UPR (13)

कार्यक्रममा युपीआर इन्फोका परामर्शदाता कपिल अर्यालले युपीआरका विषयमा हुने छलफलबाट आएका सुझावहरूलाई समेटेर अन्तिम प्रतिवेदन बनाउने बताउनु भयो । उहाँले कार्यक्रमबाट  प्राप्त भएका सुझावहरूलाई समेटेर अन्तिममा परिष्कृत प्रतिवेदन तयार गर्ने उल्लेख गर्नुभयो ।

Photo 2025-05-17 Dhulikhel UPR (11)

इन्सेक केन्द्रीय कार्यालयकी मानव अधिकार वहस तथा पैरवी कार्यक्रम प्रमुख सम्झा श्रेष्ठले नागरिकको मानव अधिकार प्रत्याभूतिका लागि यो समीक्षा महत्वपूर्ण रहेको बताउँदै प्रतिवेदनमा सुझाव दिनुहुन आग्रह गर्नुभयो।

कार्यशाला दुई दिनसम्म सञ्चालन हुनेछ ।

Photo 2025-05-17 Dhulikhel UPR (1) Photo 2025-05-17 Dhulikhel UPR (2) Photo 2025-05-17 Dhulikhel UPR (3) Photo 2025-05-17 Dhulikhel UPR (4) Photo 2025-05-17 Dhulikhel UPR (5) Photo 2025-05-17 Dhulikhel UPR (6) Photo 2025-05-17 Dhulikhel UPR (7)  Photo 2025-05-17 Dhulikhel UPR (9)    Photo 2025-05-17 Dhulikhel UPR (14) Photo 2025-05-17 Dhulikhel UPR (15) Photo 2025-05-17 Dhulikhel UPR (16) Photo 2025-05-17 Dhulikhel UPR (17)  Photo 2025-05-17 Dhulikhel UPR (19) Photo 2025-05-17 Dhulikhel UPR (20) Photo 2025-05-17 Dhulikhel UPR (21) Photo 2025-05-17 Dhulikhel UPR (22) Photo 2025-05-17 Dhulikhel UPR (23) Photo 2025-05-17 Dhulikhel UPR (24) Photo 2025-05-17 Dhulikhel UPR (25) Photo 2025-05-17 Dhulikhel UPR (26) Photo 2025-05-17 Dhulikhel UPR (27) Photo 2025-05-17 Dhulikhel UPR (28) Photo 2025-05-17 Dhulikhel UPR (29) Photo 2025-05-17 Dhulikhel UPR (30) Photo 2025-05-17 Dhulikhel UPR (31) Photo 2025-05-17 Dhulikhel UPR (32) Photo 2025-05-17 Dhulikhel UPR (33)

अन्य

भिडियो