INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्युत प्राधिकरण कार्यालयमा तोडफोड

नेपाल विद्युत प्राधिकरण कार्यालय, भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध अपशब्द डिस्प्ले भएको भन्दै ०८१ चैत १२ गते कार्यालय प्रमुख राजु श्रेष्ठको कार्यकक्षमा अज्ञात पक्षले तोडफोड गरेको छ ।

जिल्ला प्रहरीमा तोडफोडको जानकारी आएको तर कसले गर्‍यो भनेर किटानी जाहेरी नआएको चितवन प्रहरी प्रमुख एसपी राजन लिम्बूले बताउनुभयो ।

Photochitwan20811212

जिल्ला प्रशासन कार्यालय चितवनले प्रधानमन्त्री विरुद्ध सरकारी कार्यालयकै बोर्डमा अपशब्दलेखिएको विषयमा कार्यालय प्रमुखलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

कार्यालयको डिजिटल बोर्डमा अपशब्द लेखिएपछि कार्यालय प्रमुख सहित कर्मचारी छानबिनको दायरामा आएका हुन् । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले घटनाका सम्बन्धमा स्पष्टिकरण सोधेर कारबाही प्रकृया अगाडि बढाइएको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण कार्यालय, भरतपुरले चैत १२ गते नै विज्ञप्ति प्रकाशन गरेर डिजिटल बोर्ड ह्याक भएको दाबी गरेको छ ।

अन्य

भिडियो