१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ४ गते इलाका प्रहरी कार्यालय वनेपामा उजुरी दिएको डिएसपी ज्ञानबहादुर खड्काले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ४ गते धुलिखेल अस्पतालमा गरिएको छ ।