INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा सर्लाही जिल्ला बरथहवा नपा–५ सिसौटका ५५ वर्षीय उपेन्द्र ठाकुरलाई प्रहरीले फागुन ११ गते गिरफ्तार गरेको छ ।

नमोबुद्ध नपा–४ काफ्लेथोकको मन्दिरमा बस्ने पीडित महिलाले आफूलाई प्रलोभनमा पारी कोठामा कोही नभएको अवस्थामा ०८१ फागुन १ गते राती बलात्कारको प्रयास गरेको भन्दै फागुन ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी गरिन् ।

पीडितको स्वास्थ्य परिक्षण २०८१ फागुन ४ गते धुलिखेल अस्पतालमा गरियो । आरोपितलाई हिरासतमा राखि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी मीनबहादुर घलेले बताउनुभयो ।

अन्य

भिडियो