INSEC Online

📅 २०८३ जेष्ठ २१

छात्रवृत्ति रकम जुटाउन विद्यालयमा तरकारी खेती

बर्दियाको गेरुवा गाउँपालिका-५, बिन्द्रामा रहेको सरस्वती आधारभूत विद्यालयले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गर्न तरकारी खेती सुरु गरेको छ ।

Photo27012025Bardiya1

तरकारी खेतीबाट आएको रकमले विद्यालयले छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गर्ने लक्ष्या लिएको छ । बर्दियामा सम्भवत पहिलो पटक आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नका लागि तरकारी खेती सञ्चालन गरिएको हो । उत्पादन भएको तरकारीले बजार पाउने आशा गर्दै विद्यालयले तरकारी बिक्रीबाट जम्मा भएको रकमले विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा ठूलो सहयोग पुग्ने अपेक्षा राखेको छ । विद्यालयकै प्रयोगमा नआएको खाली जग्गामा तरकारी खेती गर्दा विद्यार्थीले व्यवहारिक शिक्षा सिक्ने अवसर प्राप्त गर्नुका साथ शिक्षक सिकाइ समेत प्रभावकारी हुने देखिन्छ ।

विद्यालयले ३ कठ्ठा जग्गामा खुसार्नी, प्याज र भान्टा तरकारी खेती सुरु गरेको छ भने ३० केजी बिउबाट च्याउ उत्पादन गरी बिक्री समेत गरिरहेको छ । विद्यालयले अभिभावक, व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीहरू मिलेर तरकारी खेती सुरु गरेको विद्यालयका शिक्षिका राम कुमारी चौधरीले बताउनु भयो । उहाँले च्याउ खेतीबाट उत्पादन भएको च्याउको विक्रीवितरण समेत भएको जानकारी दिनुभयो । तरकारी बिक्रीबाट भएको आम्दानीलाई पारदर्शी बनाउन बाल क्लब, फोकल शिक्षक र खानेपानी स्वच्छता समितिकोे अध्यक्षको नाममा खाता खोली रकम जग्मा गरिने समेत जानकारी दिनुभयो ।

तरकारी खेती च्याउ खेतीका लागि ब्युल्डअन नेपाल संस्थाको १५ हजार रुपियाँ र विद्यालयको ६ हजार रुपियाँबाट तरकारी खेती गरिएको शिक्षिका चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘च्याउको उत्पादन राम्रै भएको छ । स्थानीयले विद्यालयबाट नै च्याउ खेती गरेका छन् ।’

विद्यालयका प्रधानाध्यपक योगेन्द्रकुमार चौधरीले विद्यालयमा पहिलो पटक कक्षा ६, ७ र ८ का विद्यार्थीलाई सहभागी गराएर तरकारी खेती गरिएको बताउनु भयो । उहाँले विद्यार्थीको सोचमा परिवर्तन ल्याएर व्यवहारिक शिक्षका दिनमा लागि तरकारी खेती गरिएको जानकारी दिनुभयो । उहाँले तरकारी विक्रीबाट भएको आम्दानीले विद्यार्थीलाई छात्रवृत्ति दिनुमा साथै विद्यालय मर्मत कोषमा समेत जम्मा गरिने बताउनु भयो ।

विद्यालयमा २ सय ५५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा आम्दानीको अन्य कुनै स्रोतको नभएपछि विद्यालयले तरकारी खेती सुरु गरेको हो । तरकारी खेतीबाट विद्यालयमा आम्दानी हुनुका साथै शिक्षक सिकाइ प्रभावकारी हुने विद्यालयको विश्वास रहेको छ ।

Photo27012025Bardiya

अन्य

भिडियो