INSEC Online

📅 २०८३ जेष्ठ २२

विद्यार्थी कुटपिट आरोपमा १५ दिन कैद फैसला

६ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा मदरसाका २३ वर्षीय शिक्षक मोहम्मद युनुसलाई जिल्ला अदालत चितवनका न्यायाधीश रमेश ज्ञवालीको इजलासले पुस २१ गते १५ दिन कैदको फैसला गर्नु भएको छ ।

यसका साथै १० हजार रुपियाँ जरिबाना र ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको चितवन अदालतका श्रेष्तेदार विष्णु आचार्यले बताउनु भयो ।

राप्ती नगरपालिका-८ खुरखुरे बस्ने मियालाई खैरहनी नगरपालिका-६ सुनगाभाटोल स्थित जामिया तुल इमान मदरसा होष्टेलमा बसी अध्ययन गर्दै आएकोमा असार १८ गते कुटपिट भएको थियो ।

पीडितको अभिभाकले असार २१ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएका हुन् । आरोपित असार २१ गते गिरफ्तार भएको प्रहरीले जनायो ।

पीडित बालकको उपचार भरतपुर अस्पतालमा भइ असार २१ गते डिस्चार्ज भएको पीडित पक्षले जनायो । न्यायधीश नारायण पौडेलको साउन ११ गतेको इजलास आदेशले आरोपितसँग ३० हजार रुपियाँ धरौटी माग गरेको थियो ।

अन्य

भिडियो