स्याङ्जामा अविरल वर्षा सहितकाे पहिराेले फेदीखोला गाउँपालिका– ५ बाँगे स्थित दुर्गा जि.टी. को एक तले कच्ची घर पुरिँदा घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जि.टी. र ३ वर्षीया छोरी निसिका जि.टी. को मृत्यु भएको छ ।
केही दिनदेखि निरन्तर वर्षा भइराख्दा विभिन्न ठाउँमा पहिरो जाने तथा घरहरु डुबान पर्ने समस्याले गर्दा जनजिवन प्रभावित बनेको छ ।
