INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा जिल्ला कारागार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा ०८१ असार ११ गते नेपालगञ्जस्थित जिल्ला कारागार अनुगमन गरेको छ ।

अनुगमनका क्रममा जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा छालारोगको समस्या भएको कारागार प्रमुख अर्जुन शाहले बताएका छन् । उहाँका अनुसार ३ सय ५० जना क्षमता भएको जिल्ला कारागारमा ४ सय ४६ कैदी र ३ सय ५४ थुनुवा गरी ८ सय जना कैदीबन्दीहरू रहेका छन् ।

अत्यधिक गर्मीका कारण कैदीबन्दीहरूमा छाला रोगको समस्या भएको छ । कैदीबन्दीहरूले शौचालय प्रयोग गर्न पालो कुर्नु पर्ने, कोचिएर बस्नु पर्ने, सुत्नलाई समस्या हुने र खानेपानीको समस्या भएको उनीहरूको भनाइ छ ।

कारागारमा केही कैदीबन्दीहरू बिरामी भएकोलाई सहज रूपमा भित्रको कम्पाउण्डमा हिँडडुल गर्न, ज्येष्ठ नागरिकहरूलाई पनि उमेर शारीरिक अवस्था अनुसार बस्न, खान र सुत्ने व्यवस्था मिलाइएको कारागार प्रमुख शाहले उल्लेख गर्नुभयो ।

Photo26062024Banke

अन्य

भिडियो