INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१३ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित औरही गाउपालिका-५ का २८ वर्षीय रामकुमार महराविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ जेठ २७ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश मनोज केसीको एकल इजलासले सो फैसला गरेको हो ।

आरोपितले बालिकालाई ०७८ जेठ ८ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा जेठ ९ गते उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय लहानले सोही दिन उजुरी दर्ता गर्‍यो ।

बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा जेठ ९ गते भएको थियो ।

आरोपितविरुद्ध ०७९ जेठ ३ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए पनि आरोपित हालसम्म गिरफतार भएका छैनन् ।

अन्य

भिडियो