१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय आफन्तलाई ०८१ जेठ १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पटक पटक बलात्कार गरेको र अन्तिम पटक ०८१ वैशाख २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ८ गते प्रहरी वृत्त, चापागाउँमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको प्रहरी परिसर, ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते पाटन अस्पताल, ललितपुरमा गरिएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिनुभयो ।