INSEC Online

📅 २०८३ जेष्ठ २१

सशस्त्र द्वन्द्वमा बेपत्ता बनाइएका पतिको खोजीका लागि पहल गरी दिन इन्सेकसँग आग्रह

सशस्त्र द्वन्द्वमा बेपत्ता भएका पतिको खोजिकालागि पहल गरिदिन बेपत्ता परिवारले चैत २८ गते इन्सेक सँग आग्रह गर्नु भएको छ ।

सशस्त्र द्वन्न्द्वको समयमा बेपत्ता भएका पति बिष्णुप्रसाद न्यौपानेको खोजिका लागि पहल गरिदिन बलेफी गाउँपालिका–२ की लक्ष्मी न्यौपानेले इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा पुगेर आग्रह गर्नु भएको हो  ।

बेपत्ता बिष्णु न्यौपानेलाई माओवादी आरोपमा ०६१ भदौ २९ गते काठमाण्डौको कोटेश्वरबाट तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरि लगेकोमा हाल सम्म अवस्था अज्ञात रहेको पत्नी लक्ष्मी न्यौपानेले बताउनु भयो ।

मजदुरीका लागि काठमाण्डौ गएका पति हालसम्म घर नफर्केकोले खोजिका लागि पहल गरिदिन लक्ष्मीको आग्रह छ ।

बेपत्ता पतिको खोजिका लागि यस भन्दा अघि धेरै पटक सदरमुकाम पुगेर बिभिन्न निकायमा अनुरोध गरेको तर हाल सम्म पत्ता पाउन नपाएको उहाँको भनाइ छ ।

तत्कालिन युद्धरत पक्ष नेकपा माओवादीको सामान्य समर्थक भए पनि दुवैपक्षको चेपुवामा परेका कारणले घरमा बस्न नसकेर बिष्णुप्रसाद न्यौपाने मजुदुरीका लागि काठमाण्डौ गएका थिए । काठमाण्डौमा मजदुरी गरिरहेकै अवस्थामा न्यौपानेलाई गिरफ्तार गरेकोे लक्ष्मीे बताउनु भयो ।

पतिको खोजिका लागि सरकारले गठन गरेको सत्य निरुपण तथा बेपत्ता आयोगमा निवेदन दिएको भएपनि सो आयोगले पतिको अवस्था बारे हाल सम्म कुनै जानकारी नगराएको बेपत्ता पत्नी लक्ष्मी न्यौपानेको गुनासो छ ।

 

अन्य

भिडियो