INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका कसुरदारलाई ११ वर्ष कैद फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ठाँटीकाँध गाउँपालिका–२ बिसल्लाका २५ वर्षीय भरत बिष्टलाई जिल्ला अदालतले ०८१ वैशाख १८ गते  ११ वर्ष कैद, ५० हजार रुपिंयाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने र १ हजार ८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश बलाराम लम्सालको इजलासबाट उक्त सजाय भएको जिल्ला अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । आठबीस नगरपालिका–४ मालाचौरमा ०७८ माघ १३ गते बलात्कार गरेको उल्लेख गरी पीडित पक्षले घटनाको १६ दिनपछि माघ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २९ गते जिल्ला अस्पतालमा भएकाे थियाे ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले फागुन ८ गते जिल्ला अदालतमा अभियोग दर्ता गरायो । अभियोग सम्बन्धमा फागुन ९ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले पूर्पक्षको लागि कारागार पठाइएको थियो ।

अन्य

भिडियो