१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले कालिका नगरपालिका– ४ वस्ने २८ वर्षीय कुमार गुरूङलाई वैशाख ३ गते ११ वर्ष दुई महिना कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पौडेलको इजलासले ११ वर्ष २ महिना कैद सजायको फैसलासँगै पाँच लाख रूपियाँ जरिबाना र २० हजार रूपियाँ क्षतिपूर्ति साथै पीडित राहत कोषमा २० हजार रूपियाँ भराउने फैसला भएको अदालतका स्रेस्तेदार विष्णु आचार्यले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ असोज २३ गते बलातकार गरेको भन्दै पीडित पक्षले असोज २६ गते इलाका प्रहरी कार्यालय, टाँडीमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण असोज २६ गते भरतपुर अस्पतालमा गरिएको थियो ।