११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरील १५ वर्षीय बालकलाई चैत २९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत २८ गते घरमा बसेको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत २९ गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडितको स्पवास्थ्य परीक्षण चैत २९ गते प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेमा गरिएको छ ।