INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका आरोपित अर्नमा गाउँपालिका—२ का २५ वर्षीय शेखर शर्मा बरहीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८० चैत २६ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई फागुन १६ गते बलात्कार गरेकोले कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा ०८० फागुन १७ गते उजुरी दिएको पीडितले बताइन । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा फागुन १७ गते भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार घटना पछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी अदालतबाट १० दिनको म्याद थप गराएको बताउनु भयो ।

पीडितलाई इन्सेकले १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको थियो ।

अन्य

भिडियो