INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१० का ३७ वर्षीय आशाराम दासलाई इलाका प्रहरी कार्यालय लहानले ०८० फागुन १४ गते गिरफ्तार गरेको छ ।

आरोपितले युवतीलाई फागुन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा फागुन १४ गते उजुरी दिएको पीडितकी आमाले बताउनु भयाे ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा फागुन १४ गते भयो ।

घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट फागुन १५ गते ७ दिनको म्याद थप गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले बताउनु भयो ।

अन्य

भिडियो