INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  प्रहरीले गुलरिया नगरपालिका–४ का ६७ वर्षीय पंमबहादुर रानाभाटलाई माघ २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २० गते जिल्ला प्रहरी कार्यालय गुलरियामा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयमा डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण बर्दिया अस्पताल, गुलरियामा माघ २० गते गरिएको छ ।

यसैगरी, ७२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका– ६ का ४६ वर्षीय शिवप्रसाद थारूलाई माघ २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ  १६ गते बलात्कार प्रयास  गरेको भन्दै पीडित पक्षले माघ २० गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका, डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २० गते बर्दिया अस्पताल, गुलरियामा  गरिएको छ ।

यसैगरी, ६८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका– ११ का ३० वर्षीय रामकिसुन थारुलाई  माघ २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ  १४ गते  बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २० गते इलाका प्रहरी कार्यालय, मोतिपुरमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २० गते बर्दिया अस्पताल, गुलरियामा  गरिएको छ ।

अन्य

भिडियो