१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुलरिया नगरपालिका–४ का ६७ वर्षीय पंमबहादुर रानाभाटलाई माघ २० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २० गते जिल्ला प्रहरी कार्यालय गुलरियामा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयमा डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण बर्दिया अस्पताल, गुलरियामा माघ २० गते गरिएको छ ।
यसैगरी, ७२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका– ६ का ४६ वर्षीय शिवप्रसाद थारूलाई माघ २० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ १६ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले माघ २० गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका, डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २० गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ ।
यसैगरी, ६८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका– ११ का ३० वर्षीय रामकिसुन थारुलाई माघ २० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २० गते इलाका प्रहरी कार्यालय, मोतिपुरमा उजुरी दिएका थिए ।
उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २० गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ ।