INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिरानचोक गाउँपालिका– ५ का ३७ वर्षीय नवराज घिमिरेलाई प्रहरीले  ०८० पुस १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई पुष १५ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाको आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

आरोपित विरुद्ध पुष १६ गते बाल यौन दुरुपयोग कसुर शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुष १६ गते जिल्ला अस्पताल गोरखामा गरिएको छ ।

अन्य

भिडियो