१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिरानचोक गाउँपालिका– ५ का ३७ वर्षीय नवराज घिमिरेलाई प्रहरीले ०८० पुस १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई पुष १५ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाको आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
आरोपित विरुद्ध पुष १६ गते बाल यौन दुरुपयोग कसुर शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुष १६ गते जिल्ला अस्पताल गोरखामा गरिएको छ ।