INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्गखुवासभा जिल्ला कारागारमा वरिष्ठ प्रहरी हवल्दारको शङ्कास्पद मृत्यु

जिल्ला कारागार कार्यालय, खाँदवारीमा वरिष्ठ प्रहरी हवल्दार पदमा कार्यरत खाँदवारी नगरपालिका–१ का ४१ वर्षीय डीकबहादुर तामाङ्गको पुस १६ गते शङ्कास्पद मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले डिकबहादुुर बिरामी अवस्थामा भेटिएको भनि विहान ४ बजे कारागार कार्यालयबाट फोन आएको र आफूले अस्पतालमा भर्ना गर्न निर्देशन दिएर आफू तत्काल अस्पताल पुगेको बताउनु भयो ।अस्पताल प्रशासनले भने बिहान ४ बजे डीकबहादुर अस्पताल ल्याउँदा उपचार अघि नै मृत्यु भएको जानकारी दिएको छ ।

मृतकका परिवारले डिकबहादुरको शव हेर्न नदिएको, मोवाइल लुकाएर राखेको आरोप लगाएका छन् । पीडित परिवारले मृत्यु शङ्कास्पद भएको भन्दै जिल्ला अस्पताल घेराऊ गरेका छन् । अहिले जिल्ला अस्पताल परिसर तनावग्रस्त छ ।

अन्य

भिडियो