मसला पिस्ने लोहोरो प्रहार गरी पत्नी हत्याका गरेकाे ठहर गर्दै आरोपितविरूद्ध शितगंगा नगरपालिक –३ ठाँडा खर्सका ५४ वर्षीय पिताम्बर भुसाललाई जिल्ला अदालतले भदौ १८ गते १५ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश श्रीकृष्णजंग शाहको इजलाशले पत्नी हत्याका कसुरदार ठहर गर्दै भुसाललाई जन्म कैद (२५ वर्ष) सजायको फैसला गरेको र पीडित राहत कोषमा २ हजार ४ सय रूपियाँ जम्मा गर्नु पर्ने आदेश दिएको जिल्ला अदालतका नायब शुब्वा रामप्रसाद आचार्यले बताउनु भयो ।
दिउँसो घरभित्र काम गरिरहेकी ५१ वर्षीया महिलालाई ०७९ असोज ७ गते आरोपितले मसला पिस्ने लोहोरोले हानेर हत्या गरेको भन्दै मृतकका आफन्तले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले असोज ८ गते गिरफ्तार गरी अनुसन्धान प्रतिबेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ०७९ असोज ३० गते अर्घाखाँची जिल्ला अदालतमा कर्तव्य ज्यान अभियोगको मुद्दा दर्ता गराएको थियो ।
जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भ्टराईको ०७९ असोज ३१ गतेको इजलासले आरोपितलाई पूर्पक्षकालागि अर्घाखाँची कारागारमा थुनामा पठाएको थियो ।
शवको पोष्टमार्टम, अर्घाखाँची अस्पताल सन्धिखर्कमा ०७९ असोज ८ गते गरिएको थियो ।