INSEC Online

📅 २०८३ जेष्ठ २१

दैनिक जिवनयापनमा समस्या भएको भन्दै मुख्यमन्त्री समक्ष राउटे समुदायको गुनासो

आय आर्जनको स्रोत नभएकाले बिहानबेलुका छाक टार्न समस्या भएको भन्दै दैलेख देखि आएका राउटे समुदायले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेका छन् ।

राउटे समुदायका अगुवा लालबहादुर शाहीले साउन २१ गते आइतबार मुख्यमन्त्री पाण्डेलाई कार्यकक्षमै भेटेर  आफूहरुलाई गास, बास कपासको जोहो गर्न समस्या भएकाले सहयोगको अपेक्षा गर्दै दैलेखदेखि पोखरासम्म भेट्न आएको बताउनुभयो ।

‘हामीले आर्थिक सहायताका लागि मुख्यमन्त्री ज्यूलाई अनुरोध गरेका छौैं । मुख्यमन्त्री ज्यूलाई हामीहरुले व्यहोरेको कानुनी अड्चन र दैनिक जिवनमा परेका समस्या सुनायौैं,’ अगुवा शाहीले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले राउटे समुदायलाई ५० हजार आर्थिक सहयोग गर्नुभएको छ । राउटे समुदायले आफूहरुलाई खान बस्न समस्या भएकाले निरन्तर सहयोगका लागि अपेक्षा गरेको बताउनुभएको छ ।

photo20230807kaski

अन्य

भिडियो