आय आर्जनको स्रोत नभएकाले बिहानबेलुका छाक टार्न समस्या भएको भन्दै दैलेख देखि आएका राउटे समुदायले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेका छन् ।
राउटे समुदायका अगुवा लालबहादुर शाहीले साउन २१ गते आइतबार मुख्यमन्त्री पाण्डेलाई कार्यकक्षमै भेटेर आफूहरुलाई गास, बास कपासको जोहो गर्न समस्या भएकाले सहयोगको अपेक्षा गर्दै दैलेखदेखि पोखरासम्म भेट्न आएको बताउनुभयो ।
‘हामीले आर्थिक सहायताका लागि मुख्यमन्त्री ज्यूलाई अनुरोध गरेका छौैं । मुख्यमन्त्री ज्यूलाई हामीहरुले व्यहोरेको कानुनी अड्चन र दैनिक जिवनमा परेका समस्या सुनायौैं,’ अगुवा शाहीले बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले राउटे समुदायलाई ५० हजार आर्थिक सहयोग गर्नुभएको छ । राउटे समुदायले आफूहरुलाई खान बस्न समस्या भएकाले निरन्तर सहयोगका लागि अपेक्षा गरेको बताउनुभएको छ ।
